जनकपुरधाम । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएको छ ।
निर्वाचन आयोगको सोमबार बसेको इजलासले यस्तो निर्णय गरेको हो ।
बहुमत यादव पक्षमा देखिएकाले आधिकारिकता दिने फैसला गरेको सचिव सुरेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार महन्थ ठाकुर पक्षले अब अर्को दल दर्ता गर्नुपर्नेछ । निर्वाचन आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी समितिको हेड काउन्ट गरेको थियो ।
जसमा ३४ जना उपेन्द्र यादवको पक्षमा उभिएका थिए भने १६ जना महन्थ ठाकुर पक्षमा र एकजना तटस्थ बसेका थिए ।