काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जना कोभिड संक्रमित थपिएका छन् । १९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १५० पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।