प्रदेश २ : पोखरीमा डुबेर दुई जनाको मृत्यु

जनकपुरधाम । रौतहटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। पोखरीमा डुबेर कटहरिया नगरपालिका–६ बस्ने रामकेवाल महतोको १० वर्षीया छोरी निशु कुश्वाहा र बृन्दावन नगरपालिका–२ बस्ने जंगबहादुर पटेलकी १४ वर्षीया छोरी मुस्कानकुमारी पटेलको मृत्यु भएको हो ।

दुबै जना देवाही गोनाही नगरपालिका–७ स्थित निर्माणाधीन पोखरीमा घोंगी टिप्न गएका थिए। सोही क्रममा दुबै जनाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। शव पोस्टमार्टमका लागि गौर अस्पतालमा पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस