थप ७८५ जनामा संक्रमण, १२ जनाको मृत्यु

जनकपुरधाम, २५ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ७८५ जनामा कोरानाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनाको परीक्षण भएकोमा ७८५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितसँगै हाल सक्रिय संक्रमितको १४ हजार ७८७ जना पुगेको छ । जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा छन् भने ३१४ जना आइसियु र १११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सोही अवधिमा ८८८ जना निको भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780