पूर्वराजालाई डा. भट्टराईको जवाफः चुपचाप संघीय गणतन्त्र स्वीकारेर बस्नुस्

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव दिएका छन् ।

मंगलबार पूर्वराजाले दशैंको अवसरमा जारी गरेको शुभकामना सन्देशलाई लक्षित गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेति गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो ।पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु बेश हुनछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार