कोशी नदीमा पानीको वहाव बढ्दो

राजविराज, २ कार्तिक । दुई दिनदेखि लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ । बिहानबाट बढ्दो स्तरमा रहेको वहाव साँझ ६ बजेसम्म १ लाख ८८ हजार २१५ क्यूसेक पुगेको छ ।

अझैं पानीको वहाव बढ्दो नै रहेको कोशी ब्यारेज प्रशासनले जनाएको छ । पानीको वहाब बढ्दो नै रहेकोले कोशी ब्यारेजका ५६ मध्ये २६ वटा ढोका खुल्ला गरिएको छ ।

पानी वहाव बढिरहे आवश्यकता अनुसार थप ढोका खुल्ला गरिने ब्यारेज प्रशासनको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस