राजविराजको शिव मन्दिर प्राङ्गणमा सर्प देखिएपछि…(भिडिओ)

राजविराज, २१ कार्तिक । सप्तरी सदरमुकाम राजविराजस्थित शिव मन्दिर प्राङ्गणमा रहेको इनारमा गोमन सर्प देखिएपछि ‘नाग देवता’ भन्दै पुजापाठ गर्न थालिएको छ ।

दुई दिनअघि मन्दिरका पुजारी महेश्वर भारतीले इनारमा सर्प रहेको देखेका थिए । ‘राति सुतिरहेको बेला इनारमा हलचल भएको जस्तो सुनेपछि के–को आवाज हो भनेर खोजी सुरु गरेका थिए’ उनले भने–‘सोही क्रममा प्रयोग विहीन अवस्थामा रहेको इनारमा गोमन सर्प रहेको पाइएपछि त्यसको उद्धार हुनुपर्छ जस्तो लागेर मैले कसैकसैलाई सुनाएको थिए ।’

त्यसपछि सर्प हेर्न आउनेहरुको भीडभाड नै लाग्न थालेको भारतीले बताए । ‘सर्प महिनौंदेखि भोकभोकै होला भनेर मैले दुध लगायतका केही खानेहरु इनारभित्र दिएको थिए, केहीले त पुजाआजा पनि गर्न सुरु गरेछन् ।’

भारतीले इनारबाट सर्प निस्किने अवस्था नरहेकोले त्यसलाई उद्धार गरी सुरक्षित स्थान पुर्याएर सहयोग गरिदिनहुन सबै सम्बन्धित सबैमा आग्रह गरे ।

उता, डिभिजन वन कार्यालय सप्तरी राजविराजका प्रमुख सन्तोश झाले सर्पलाई उद्धार गर्न समन्वय गरिरहेको प्रतिक्रिया दिए । ‘अन्य सर्प भए हाम्रै टोलीले पनि उद्धार गर्न सक्थ्यौं तर गोमन नै भएपछि हामीलाई विज्ञको आवश्यकता पर्छ, त्यसका लागि कोसी टप्पु वन्यजन्तु आरक्षको टोलीसँग समन्वय हुँदैछ’ उनले भने–‘भोलीसम्म हामी केही न केही गरेर उद्धार गर्छौं ।’

 

Author:



क्याटोगरी छान्‍नुहोस