राजविराजमा विभिन्न कार्यक्रम गरी मनाइयो विद्यापति स्मृति पर्व

राजविराज, १ मंसिर । मैथिली साहित्य परिषद् राजविराजले विद्यापति स्मृति पर्व विभिन्न कार्यक्रम गरी मनाएको छ । परिषद्ले पर्वको तीन दिवशीय कार्यक्रमअनुसार बुधवार अन्तिम दिन झाँकी प्रर्दशन, श्रद्धाञ्जलीसभा र पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको हो ।

स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणबाट विद्यापतिको महत्व झल्किने आकर्षक झाँकीसहित निकालिएको जुलुस नगर परिक्रमा गरेको छ । परिक्रममा पश्चात परिषद्को भवनमा पुगेर श्रद्धाञ्जलीसभा र पुरस्कार वितरण समाहरोमा परिणत भएको छ ।

सो कार्यक्रममा यस वर्ष शिवदत्त मिश्र स्मृति पुरस्कारबाट विवेकानन्द मिश्र र विजेन्द्र विनोद स्मृति कला पुरस्कारबाट कुन्दन मण्डल ‘पप्पु’ सम्मानित भएका छन् । यसैगरी लक्ष्मी–विवेक मैथिली पत्रकारिता पुरस्कारबाट विष्णु मण्डल र शोभा देवी स्मृति पुरस्कारबाट मन्जु श्रेष्ठलाई सम्मानित गरिएको परिषद्का अध्यक्ष सतिश कुमार दत्तले जानकारी दिए ।

तीन दिवशीय कार्यक्रम अन्तर्गत यसअघि परिषद्ले पहिलो दिन मिथिलाक्षर लेखन प्रतियोगिता र दोश्रो दिन साहित्यिक गोष्ठीको आयोजना गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस