एसईईमा मधेश प्रदेशबाट ७९ हजारभन्दा बढी विद्यार्थी सहभागी

जनकपुरधाम । आज (शुक्रबार)देखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । विहान ८ बजेदेखि मधेश प्रदेशसहित देशभर एकैसाथ परीक्षा सञ्चालन हुनेछ ।

यस वर्ष मधेश प्रदेशबाट ७९ हजार ४०९ विद्यार्थी एसईईमा सहभागी हुने मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । निर्देशानालयका अनुसार सप्तरीमा ९ हजार ३२, सिरहामा १० हजार ६३४, धनुषामा १३ हजार ६२८, महोत्तरीमा ८ हजार ७५८, सर्लाहीमा १० हजार ४२१, रौतहटमा ९ हजार ५७, बारामा ८ हजार ८२४ र पर्सामा ९ हजार ५५ परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् ।

त्यस्तै, एसईईका लागि सप्तरीमा ३६, सिरहामा ४१, धनुषामा ४३, महोत्तरीमा ३०, सर्लाहीमा ३६, रौतहटमा ३१, बारामा ३२ र पर्सामा २५ वटा परीक्षा केन्द्र तोकिएको निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन ७ हजार १६६ जना कर्मचारी खटाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस