धनुषाको जनकनन्दनी अध्यक्षमा जसपाका यादव निर्वाचित

जनकपुरधाम, ३ जेठ । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ । जसपाका उम्मेदावर दिपिनदेव यादवले ३ हजार १५७ मत ल्याएर अध्यक्ष पदमा विजयी हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए । त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार कमला सेहगलले २ हजार ९५८ मत ल्याएर विजयी भएकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी जसपाकी गीता सुडीले २ हजार ८४० मत प्राप्त गरिन ।

Author:



क्याटोगरी छान्‍नुहोस