सप्तरीबाट लोडेड अटोमेटिक पेस्तोलसहित रञ्जित पक्राउ

राजविराज, ५ जेठ । स्थानिय तहको निर्वाचन तहत मतदान सकिएसँगै सप्तरीमा मत गणना कार्य जारी रहेको छ ।

हालसम्म जिल्लामा १८ स्थानिय तहमध्ये ११ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने अन्य ७ वटामा मतगणना कार्य जारी रहदा लोड गरिएको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हनुमानानगर कंकालिनी नगरपालिका–१ का २६ वर्षीय रञ्जित मण्डल रहेका छन् । विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीबाट खटिएको प्रहरी टोलीले विहिवार दिउँसो उनलाई सोही नगरपालिका–१ भारदह स्थित कोशी ब्यारेजदेखि उत्तरतर्फ रहेको गेलघरबाट पक्राउ गरेको हो ।

मेड इन यूएसए लेखिएको ९ मिमि ब्राउनिङ नाम नखुलेको सो पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी बरिष्ठ हबल्दार विनोदकुमार मण्डलले जानकारी दिए । पक्राउ परेका रञ्जितलाई आवश्यक कारवाहीको लागि पेस्तोलसहित जिल्ला प्रहरी कार्याल सप्तरीमा बुझाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस