पर्साको ठोरी आसपासमा भारी वर्षा

जनकपुरधाम । हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मध्यान्ह १२ बजेसम्म सतर्कता अपनाउन पर्ने महाशाखाले जनाएको छ । ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी वर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुबान भइरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔँ,’ महाशाखाले आज विज्ञप्ति मार्फत भनेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस