थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको नमूना परीक्षण गरिएको थियो ।

पीसीआरबाट ३ हजार ९१ र एन्टिजेन विधिबाट २ हजार ९११ जनाको परीक्षण हुँदा ९१५ जनामा संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ । त्यस्तै, सोही अवधिमा १०१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५ हजार ४३३ जना सक्रिय संक्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस