एकैदिन ८१५ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

जनकपुरधाम । नेपाल पछिल्लो २४ घण्टामा एकै दिन थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५३४ जनाको पीसीआर र ८१५ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पीसीआरबाट ४६५ जना र एन्टिजेन परीक्षणबाट ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ हजार ८६९ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४७६ जना संक्रमितहरु निको भएका छन् भने संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८२ रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस