पार्टीभित्र गुट सञ्चालकको कठपुतली नबन्दा तिनका कठपुतलीको व्यवहार पनि भोगियो : उमेश यादव

राजविराज – नेकपा (माओवादी केन्द्र) का नेता उमेशकुमार यादवले चुनावमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अपवाद बाहेकका नेताहरुले गठबन्धनलाई धोका दिएको दावी गरेका छन् । संघीय सरकारका पूर्व मन्त्री समेत यादवले विहिवार आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो दावी गरेका हुन् ।

माओवादीका सप्तरी जिल्ला अध्यक्ष रहेका उनी सप्तरी क्षेत्र नम्वर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए । उनले लेखेका छन्, ‘कांग्रेस र लोसपाका अपवाद बाहेकका नेताले त गठबन्धनलाई खुलेर धोका दिए । गठबन्धनको औचित्य त सप्तरीको हकमा चुनाव ताका नै समाप्त पारे । तर आफ्नै पार्टीका भनाउदाहरुको गुट संचालकहरुको कठपुतली नबन्दा तिनका कठपुतलीको व्यवहार पनि भोगियो ।’

उनले अर्को तिर स्वदेशी अनुहारमा विदेशी दलालहरुले खुलेआम पार्टी र पार्टी हेडक्वाटरको निर्देशन विपरित अमुक उम्मेदवारलाई मद्दत गरेको पनि उल्लेख गरेका छन् । ‘चुनाव जिताउन र चुनावको सम्पुर्ण खर्चको व्यवस्थापन गरिदिने दिएको सल्लाह÷दबाब नमान्दा कसरी नाङ्गो नाच नाच्दोरहेछन् भन्ने अनुभुति भयो’ उनले लेखेका छन्, ‘ जे होस्, हारको कारण आन्तरिक पक्ष नै प्रधान हुन्छ । उपरोक्त सबै कुराको मसँग प्रमाण छ ।’

उनले षड्यन्त्रकारीहरु अझै चुपचाप नबस्ने भएकोले हामीले अझ कठोर परिस्थितीको सामाना गर्न तयार बस्नुपर्ने स्पष्ट गरेका छन् । ‘अबको लडाइँ सामान्य खालको हुने छैन् । मैले/हामीले अझ कठोर परिस्थितिको सामाना गर्न तयार भएर बस्नै पर्छ । किन की उपरोक्त षड्यन्त्रकारीहरु चुपचाप बस्ने बाला छैन । तसर्थ हाम्रो संघर्षको उचाईको तयारी पनि त्यसै अनुसार गर्नुपर्ने हुन्छ’ , उनले लेखेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस