राजविराज विमानस्थलः बुद्ध एयरलायन्सको ‘मुड चेन्ज’!

२०७७ असोज ७
राजविराज । लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाका कारण छ महिनापछि नेपालमा गत सोमवारबाट आन्तरिक उडान सुरु भयो । नेपालमा सेवा दिइरहेका विभिन्न नौवटा कम्पनीमध्ये आठवटाले उडान सुरु गरे ।

कोभिड–१९ को जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि नै बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि स्वास्थ्य सम्वन्धि प्रोटोकल पालना गरेर उडान भर्न मुलुकभरका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगमलाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी गत सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ भने सौर्य एयरलायन्सको विमान मर्मतमा रहेकाले उडान अनुमति पाएको छैन ।

भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, लुक्ला, फाप्लुलगायत स्थानहरुमा उडान अनुमति पाएका विमानहरुले उडान भर्नसक्ने प्राधिकरणले जनाएको छ ।

‘यात्रु नै पाइएन्, १ अक्टुबरबाट नियमित उडान सुरु गर्ने भयौं’

अनुमति पाएपनि बुद्ध एयरलायन्सले विमान कम रहेको भन्दै राजविराज विमानस्थलमा उडान सेवा सुरु गर्न सकेन् । सोही क्रममा विहिवार (असोज ८ गते)बाट राजविराज विमानस्थलमा उडान भर्ने निर्णय गरे ।

हिजै (मंगलवार) दिउँसो बुद्ध एयरलायन्सले न्यूनतम ३२ सय रुपैयाँ भाडादर कायम गरेर काठमाडौं–राजविराज दिउँसो १२ बजेर १५ मिनेट र राजविराज–काठमाडौं दिउँसो १ बजेर १५ मिनेटमा उडान भर्ने समय तालिका सार्वजनिक गरी वुकिङ्ग पनि खुल्ला गरे ।

उडान भर्न वुकिङ्गसम्म खुल्ला गरिसकेको केही घण्टामै बुद्ध एयरलायन्सको ‘मुड चेन्ज’ भएको छ । ‘हामीले सवै तयारी गरेपनि विहिवारबाटै उडान भर्ने अवस्था छैन्’ एयरलायन्स राजविराज शाखाका प्रमुख अनील राजवंशीले भने–‘यात्रु नै पाइएन्, अब १ अक्टुबर (असोज १५ गते) बाट नियमित उडान सुरु गर्ने भयौं ।’

 

यो पनिः

आजबाट आन्तरिक हवाई सेवा सुरु [राजविराजमा उडान भर्ने यस्तो छ तयारी]

Author:



क्याटोगरी छान्‍नुहोस