ट्याक्टरमा गाँजा ओहरदोहर !

लहान, ३ कार्तिक । सिरहामा प्रतिवन्धित लागुऔषध गाँजा लोड गरिएको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन् । चाडपर्व लक्षित प्रहरीले विशेष सुरक्षा अपनाएसँगै ट्याक्टरमा लोड गरिएको १ सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी शक्तिग्राम पौडेलका अनुसार चेकजाँचको क्रममा मिर्चैया नगरपालिका–१ मनहर्वाबाट ना ५ त १४ नम्वरको ट्याक्टरमा लोड गरिएको सो गाँजा बरामद गरिएको छ । चालक र सहचालक स्थानीय १९ वर्षिय सुन्दर कापर र २६ वर्षिय जितेन्द्र कामपरलाई नियन्त्रणमा लिएको उनले बताए ।

उनीहरुको साथबाट २६ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । चुरेक्षेत्रबाट सो गाँजा खरिद गरेर ल्याएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस