जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेरएक युवकको मृत्यु भएको छ । बर्दिवास नगरपालिका–५ ढुंगे गढान्तास्थित अक्वा पानी उद्योगमा करेन्ट लागेर सोही स्थानका २१ वर्षीय कृष्ण घिमिरेको मृत्यु भएको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार घिमिरे बुधबार दिउँसो पानी राख्ने जारलाई सफा गर्न जाँदा सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।