गजेन्द्र नारायण सिंह अस्पताल: छ महिनामा भए २१ काम (विस्तृत विवरणसहित)

राजविराज, ८ पौष । सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले पछिल्लो छ महिनामा २१ वटा काम गरेको छ । जसमध्ये केही काम सकिएको छ भने केहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रञ्जित कुमार झाले बुधवार पत्रकार सम्मेलनमार्फत पछिल्लो छ महिना (असार ५ देखि पौष ५ गतेसम्म)को काम कारवाहीबारे जानकारी गराएका छन् ।

‘कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितीको बेला अस्पताल प्रमुखको जिम्मेवारीमा आए, त्यो बेला अनेकौं चुनौतीहरु पनि थियो नै’ उनले भने–‘यद्यपी ती कार्यहरु गर्न सके र केही कामहरु गर्न बाँकी पनि छन्, ती पनि अबको दिनमा गर्ने योजना तयार भइसकेको छ ।’

सो कार्यमा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै अबको दिनमा हुने कार्यमा पनि सहयोग पाउने अपेक्षा व्यक्त गरे ।

यी हुन् २१ कार्य ?

१. कोभिड अस्पतालमा १७८ वेड स्तरोन्न्ती
२. कोभिड अस्पतालको लागि २५ वेडको एचडीयू (High Dependency Unit) को काम अगाडी बढाइएको

३. आईसीयू को काम सुरु भइसकेको र १ महिनाभित्र आईसीयू सञ्चालन गर्ने
४. सिटी स्क्यानको लागि भवन मर्मत सम्भार समेत गरी १२८ Slice angiographic CT Scan सेवा सुचारु गरिएको

५. आधुनिक पोष्टमार्टम भवन (रेफ्रिजरेटर क्यावनेटसहि)को निर्माण कार्य अगाडी बढाइएको
६. रामराजा प्रसाद सिंह प्रतिष्ठान सम्पर्क कार्यालय भवनको निर्माण कार्य अगाडी बढाइएको

७. ५० केभीएको विद्युत टान्सफर्मरले अस्पतालको लोड थाम्न नसक्दा ३०० केभिएको टान्सफर्मर जडान गरिएको
८. पिसीआर ल्याबमा करार सेवामा कर्मचारी भर्ना गरी सेवा विस्तार गरिएको

९. अस्पतालको इन्डोर विभाग जाने बाटो हिलो र धुलो भइ आवतजावतमा समस्या हुँदा स्थानीयहरुको सहयोगमा ग्राभेल बाटो निर्माण
१०. वाओमेट्रिक हाजिरीको लागि मेसिन जडान गरिएको र सुचारु हुने अवस्था

११. नेपाल सकारतर्फ खाली रहेको पदहरुको करार सेवामा भ्याक्यान्सी गरी कर्मचारीहरु भर्ना गरेको
१२. ईमेरजेन्सी अगाडी विरामी वा कुरुवाहरुको लागि कुरुवा घर निर्माण गरेको

१३. अस्पतालमा मिति २०७७ मंसिर १ गतेदेखि स्वास्थ्य बीमा सेवा सञ्चालन गरिएको
१४. कर्मचारीहरुले उपभोग गरेको क्वाटरहरुको विद्युत बील तिर्न निती तयार गरी लागु गरेको र सटरभाडा वक्यौता रहेको तिर्न ताकेदा गरी लकडाउन अवधिको सटर भाडा छुट गरी सटर पुनः भाडामा लगाउने निर्णय गरिएको

१५. फार्मेसी स्टाफको तलव भत्ता आम्दानीको आधारमा दिने निर्णय गरिएको
१६. कंगारु मदर केयरको लागि आवश्यक व्यवस्थापन गरी सुचारु गरिएको

१७. अस्पतालका २ जना कर्मचारीहरुको निधन हुँदा मृतक परिवारलाई आर्थिक सहयोग र परिवारका एक जनालाई जीवन निर्वाह गर्न जागिर दिने निर्णय गरिएको
१८. वर्षौदेखि कवाडी अवस्थामा रहेको अस्पतालका काम नलाग्ने सामानहरु लिलामी गर्न निर्णय गरि कार्य अगाडी बढाइएको

१९. निःशुल्क औषधी वितरणको लागि व्यस्थित गरिएको
२०. स्टोरबाट दिइने सामानहरु माग र आपूर्ति कार्यलर्य सन्तुलनको लागि नयाँ शैली अपनाइएको

२१. टेण्डर कार्यहरु आर्थिक वर्षको अन्ततिर भइरहेकोमा यस आर्थिक वर्षदेखि आर्थिक वर्षको सुरुवातमै गरिएको र ई–टेण्डरलाई प्राथमिकता दिई टेण्डर प्रक्रियाहरु अगाडी बढाइएको

के छ आगामी योजना ?

१. व्यवस्थित क्यान्टीन गर्ने
२. एटीएम (Automated Teller Machine) जडान तथा वैंक विलिङ्ग काउन्टर स्थापना गर्ने

३. अर्थो ओटीको व्यवस्थापन गर्ने
४. ज्यालादारी र करारमा रहेको कर्मचारीहरुको तलव वृद्धि गरिने

५. गुणस्तरीय सरसफाई व्यवस्थापन गर्न टेण्डर प्रक्रियामा जाने
६. सेन्टरल अक्सिजन प्लान्ट र सप्लाईको व्यवस्थापन गर्ने

७. सुरक्षा गार्डको व्यवस्थापन गर्ने
८. प्रहरी विटलाई अझ व्यवस्थित गरी थप प्रहरीको संख्या बढाउने

९. सटरहरुको मर्मत सम्भार गरी सटर भाडाको टेण्डर निकाल्ने

के के छन चुनौती ?

१. स्वास्थ्य कर्मचारी अभाव
२. आईसीयू तथा सीटी स्क्यानको लागि नेपाल सरकारबाट दरबन्दी व्यवस्था

३. स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत कर्मचारीहरुको व्यवहारमा परिवर्तनको लागि तालिम व्यवस्था
४. पुराना कर्मचारीहरुलाई आधुनिकीकरण गर्न

५. सर्जरी विभागमा अप्रेसनमा केशहरु बढाउन

कति छन जनशक्ति ?
निमित्त मेसु डा.झाका अनुसार अस्पतालमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टसहित ५५ दरबन्दी रिक्त छन् । कुल १०१ दरबन्दी रहेको अस्पतालमा हाल ४६ जना स्वास्थ्य/कर्मचारी छन् ।

रिक्तमध्ये सर्जन, रेडिओलोजिष्ट र नर्सिङ्ग अधिकृत १–१ जना, स्टाफ नर्स ८ जना र अहेव ३ जना करारमा भर्ना गरिएको मेसु डा.झाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस