फोरजीमा ग्राहक तान्न टेलिकम र एनसेलबीच चर्को प्रतिस्पर्धा, कसका प्रयोगकर्ता कति पुगे ?

जनकपुरधाम । पछिल्लो समय नेपाली मोबाइल सेवाप्रदायकबीच फोरजी ग्राहक बढाउनेमा चर्को प्रतिस्पर्धा देखिन थालेको छ । देशव्यापी रुपमा नेटवर्क विस्तारसँगै आकर्षक प्याकेजमार्फत कम्पनीहरूले ग्राहकलाई आफूतिर लोभ्याउन थालेका छन् ।

यसैबीच नियामक नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार एनसेलका फोरजी प्रयोगकर्ता ४८ लाख पाँच हजार २१५ पुगेका छन् भने नेपाल टेलिकमले २६ लाख ८६ हजार २५५ पुर्‍याएको छ ।

त्यस्तै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता भने दुई लाख ६ हजार ४०० पुगेका छन् । फोरजी बजारमा एनसेल सबैभन्दा अगाडि देखिए पनि पछिल्लो एक वर्षको प्रगति भने नेपाल टेलिकमको राम्रो छ ।

यस अवधिमा टेलिकमले १८ लाख ४३ हजार नयाँ ग्राहक थप्दा एनसेलले भने १३ लाख १६ हजार ८०० ग्राहक बनाएको छ । अर्काेतर्फ स्मार्टले पछिल्लो एक वर्षमा २२ हजार नयाँ ग्राहक बनाएको छ ।

देशव्यापी रुपमा सेवा विस्तार गर्ने क्रममा रहेको टेलिकमले कभरेज विस्तारका कारण उल्लेख्य रुपमा फोरजी ग्राहक बढाउन सफल भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780