दुई हजार ९०५ संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं, ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ जनामा परीक्षण गर्दा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभरमा ८ हजार १०८ जनाको पिसिआर परीक्षणबाट २ हजार १० जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६०६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780