आफ्नै आमाद्वारा नवजात शिशुको हत्या, चार जना पक्राउ

विराटनगर, ३० असार । मोरङको रंगेली नगरपालिका–५ आँपगाछी टोलका शिशुको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीया खुश्बु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीया उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।

गत आइतबार राति खुश्बुले जन्म दिएकी छोरीलाई ब्ल्याणकेटले घाँटी थिचेर हत्या गरी रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित उनकै आमा बुवाले संचालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनेर गाडेको अनुसन्धानले खुलेपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ परेको हो ।

अनुसन्धानबाट चारै जनाको संलग्नता रहेको देखिएपछि उनीहरुमाथि कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780