चार वर्षपछि उल्टियो चुनावी परिणाम, कार्यकाल सकिन लाग्दा नयाँ वडाध्यक्ष

जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा नगरपालिका १० को वडाध्यक्षको मतपरिणाममा चार वर्षपछि उलटफेर भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको चार वर्षपछि अदालतको आदेशबाट आज पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका छन् ।

चार वर्ष वडा चलाएका वडाध्यक्ष अरुणकुमार चौधरी पुनः मतगणनाबाट पराजित हुनुपरेको छ । चौधरीले नेपाली कांग्रेसबाट जितेका थिए । उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीको २६७ मत मात्र आयो । २६९ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित भएका छन् ।

०७४ सालको चुनावपछि भएको मतगणनामा दुबै उम्मेदबारको समान २६७ मत आएको भनिएको थियो । समान मत आएपछि गोलाप्रथा गरी कांग्रेस उम्मेदबार चौधरीलाई निर्वाचित गरियो । तर, धाँधली भएको भन्दै उम्मेदवार राय अदालत पुगे र आज न्याय पाएका छन् ।

पुनः मतगणनापछि निर्वाचित वडाध्यक्ष रायले उच्च अदालत जनकपुरले न्याय दिएकोमा धन्यवाद ज्ञापन गरे ।
उनले भने, ‘कांग्रेस नेता र तत्कालीन निर्वाचन अधिकारीले धाँधली गरेका थिए । आज ढिलै भएपनि सत्यको जित भयो । खुशी लागेको छ ।’

उनले अन्तिम आर्थिक वर्षमा वडाध्यक्षको कार्यभार सम्हाल्ने भएकाले इमान्दारितापूर्वक काम गर्ने बताए । धाँधली गरी वडाध्यक्ष भएका चौधरीले व्यापक भ्रष्टाचार गरेको र अब उनीविरुद्ध कानूनी लडाइँ लड्ने उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780