गोरखापत्रका पूर्वमहाप्रबन्धक बैंकिङ कसूरमा पक्राउ

काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्यायलाई पक्राउ गरेको हो ।

उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरले जनाएको छ ।

अंगद खड्काको जाहेरीपछि प्रहरीले उपाध्यायको खोजी गरिरहेको थियो । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस