मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यादवले ६३ प्रदेशसभा सदस्यको समर्थनसहितको पत्र बुझाएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् ।

नेकपा (एमाले)का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन गरेका हुन् ।

प्रदेश प्रमुख मिश्रले बिहीबार (भोलि) अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्ने समय दिएका थिए । मधेस प्रदेशसभामा कुल १०७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस