मधेस प्रदेशका तीन मन्त्रीको मन्त्रालय तोकियोः भौतिक पूर्वाधारमा सरोज, अर्थमा सञ्जय

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्।

मंगलबार भएको मन्त्रिपरिषद् बैठकले बिनाविभागीय मन्त्रीहरू सरोज यादवलाई भौतिक पूर्वाधार तथा विकास, बसन्त कुश्वाहालाई सामाजिक विकास र सञ्जय यादवलाई अर्थमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री यादवले मन्त्रीहरूले शपथ दिएको ११ दिनपछि मन्त्रालयको जिम्मेवारि तोकेका हुन् । मुख्यमन्त्री यादवले बाँकी ७ मन्त्रालय भने हाल आफैँसँग राखेका छन्।

मुख्यमन्त्री यादवले एक–दुई दिन भित्रै सरकार विस्तार गर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस