पुरानो पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा

जनकपुरधाम । चुनावअघिको पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन् भने माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउने विषयमा बिहीबार साँझ सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकले राष्ट्रपतिको उम्मेदवारका लागि सहमति खोज्न कांग्रेससँग छलफल गर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार अहिले पाँच दलको बैठक बसिररहेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस