आज दोस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्।

सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट उनले विश्वासको मत लिन पेश गर्ने भएका हुन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ गते विश्वासको मत लिएका दाहालले ३ महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री बनाउन समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले समर्थन फिर्ता लिएका कारण उनी पुनः विश्वासको मत लिन बाध्य भएका छन् । दाहाललाई एमाले र (राप्रपा) बाहेक प्रतिनिधि सभामा रहेका अरु सबै दलले समर्थन गर्ने समभावना रहेको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा (राजमो), प्रभु साह नेतृत्वको आम जनता पार्टी र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गरी कुल १० दलले गत शनिबार नै दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीेले पनि दाहाललाई समर्थन गर्ने निर्णय गरेको छ । २ सय ७५ सदस्यीय संसदबाट विश्वासको मत पाउन प्रधानमन्त्री दाहाललाई १ सय ३८ मतको आवश्यकता पर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780