सीकेज्यू, विर्सिनु भो ? ‘मधेशको राजनीतिमा सङ्घर्ष र योगदान गरेको नेतालाई’

जितेन्द्र यादव

ऐतिहासिक मधेश आन्दोलनका महानायक तथा देशका सम्पूर्ण उत्पीडित समुदायका अभिभावक जनता समाजवादी पार्टी नेपालका श्रद्धेय अध्यक्ष उपेन्द्र यादवज्यूको योगदानको विषयमा सीके राउत आफैँले एक टेलिभिजन अन्तर्वातामा बोलेका छन् ‘सङ्घर्ष गर्नुभएको मधेशको राजनीतिमा योगदान गरेको नेता ।’ तर पछिल्लो समय सीके राउत र तीनका नेता कार्यकर्ताहरूको गैरराजनीतिक चरित्र र ब्यवहार उदाङ्गो पारिहेको देख्दा दया लागेर यो यथार्थलाई फरक ढङ्गबाट तुलनात्मक चित्रण गरि जनतामाझ प्रस्तुत गर्नुपर्ने आवश्यकता महशुस गरेको छु ।

श्रद्धेय अध्यक्ष उपेन्द्र यादव २०६२– २०६३ सालमा हामी मधेशी जनतासंँग के–के बाचा गर्नु भएको थियो ?

१. आत्मनिर्णय अधिकार सहित स्वायत्त मधेश प्रदेश तथा धर्मनिरपेक्ष सहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्नुपर्ने ।
२. मधेशी लगायत पछाडि पारिएका सम्पूर्ण समुदायलाई राज्यको हरेक अंगमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गर्नुपर्ने ।
३. सिमान्तकृत समुदायको पहिचान र संस्कृतिलाई प्राथमिकता दिनुपर्ने ।
४. पहिचान र जनसङ्ख्याको आधारमा राज्यपुनर्संरचना गर्नुपर्ने ।
५. पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुका साथै जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने ।
६. प्रदेशहरु अधिकार सम्पन्न हुनुपर्ने ।

माथि उल्लेखित मांगहरु बाहेक अन्य कुनै माग जनता समक्ष राखेर झुक्याएर मधेशीलाई आन्दोलन गराएर गुमराह गर्नुभएको हो ? होइन । उपरोक्त मागहरूको सम्बन्धमा २०६३–०६४ पश्चात श्रद्धेय अध्यक्ष उपेन्द्र यादवज्यूको संघर्षबाट प्राप्त उपलब्धिहरु तपसिल बमोजिम रहेको छन्ः
१. धर्मनिरपेक्षता सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मधेश प्रदेश स्थापना गर्न सफल हुनुभएको छ ।

२. गणतन्त्र नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेशी समुदायबाट क्रमशः रामवरण यादव र परमानन्द झाज्यूलाई बनाउन सफल भई विश्वमा मधेशी समुदायलाई चिनाउन सफल हुनुभएको छ ।
३.समावेशी प्रतिनिधित्व गराई हरेक समुदायलाई राज्यका सबै निकायहरुमा सहभागिता गराउन सफल हुनु भएको छ । उदाहरणको रूपमा राष्ट्रपति, उपराष्ट्रपति फरक लिंग वा समुदाय अन्तर्गत महिला र मधेशी हुने गरी सम्माननीय उपराष्ट्रपति मधेशी, सभामुख उपसभामुख, पालिकाका मेयर उपमेयर वा अध्यक्ष, उपाध्यक्ष, वडामा महिला, दलित अनिवार्य, निजामति कर्मचारी सेवामा आरक्षण आदि वहाँकै देन हो ।

४. वहाँ स्वास्थ्य मन्त्री पदमा रहँदा प्रादेशिक संरचनालाई मजबुत बनाउने उद्देश्य तथा जनतालाई निःशुल्क स्वास्थ्य सेवा र पहुँच हुने गरि देशका सबै जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयहरूलाई प्रदेशको मातहत हुने गरि कार्यान्वयन गराउन सफल हुनु भएको छ ।
५. गणतन्त्रवादी नेता आदरणीय स्व. रामराजा प्रसाद सिंहज्युको विशेष सम्झनामा सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सफल भएको छ ।

६. मधेश आन्दोलनमा सहादत दिनु हुने महान बीर शहिदको रगतबाट लेखिएको सङ्घीय व्यवस्था अनुसार ७ वटा प्रदेश मध्ये जसपा, नेपाल नेतृत्वको एक मात्र प्रदेशलाई पहिचानको आधारमा मधेश प्रदेश नामाङ्कन गराउन वहाँ सफल हुनु भएको छ ।

७. सात वटै प्रदेश मध्ये जसपा, नेपाल नेतृत्वको एक मात्र मधेश प्रदेशमा मधेश आन्दोलनका बीर सहिदहरुको सम्मानमा मधेश शहिद प्रतिष्ठान स्थापना गरि माघ ५ गते विदा दिन सफल भएसँगै प्रत्येक शहिद परिवारलाई रोजगारीसँगै प्रत्येक वर्ष रकम उपलब्ध गराउन वहाँ सफल हुनु भएको छ ।

८.जसपा नेतृत्वको सरकारले गर्दा मधेश प्रदेशमा मात्र जातीय जनसङ्ख्याको आधारमा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको निम्ति अति उपेक्षित वर्गलाई ःमहिलालाई ः५०%, दलितलाईः १८%, मुस्लिमलाईः १३% सहभागिता गराउन सफल हुनु भएको साथै पिछड़ावर्गलाई समेत सहभागी गराउन सफल हुनु भएको छ ।

९. मधेशमा अति विपन्न परिवार भएको अवस्थालाई आत्मबोध गर्दै शिक्षाको स्तर बढाउन गरिब तथा किसानका छोराछोरीहरुलाई पायक पर्ने ठाउँमा उच्च शिक्षाका लागि अध्ययन गर्न विभिन्न विश्वविधालय जस्तैः मधेश विश्वविद्यालय, स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय जस्ता गौरवका योजना स्थापित गर्न सफल हुनु भएको छ ।

१०. सात वटा प्रदेशमध्ये जसपा नेतृत्वको सरकारले गर्दा मात्र मुस्लिम समुदायको संस्कृति र पहिचानका लागि ईद, बकरिद र मो. पैगम्बरको जन्मदिनमा विदा दिई मुस्लिम समुदायको सम्मान गर्न सफल हुनु भएको छ ।
११.अति विपन्न समुदायमध्ये दलित समुदायको सम्मानमा र त्यस समुदायको पहुँचका लागि दलित विकास समिति स्थापना गर्न सफल हुनु भएको छ ।
१२. प्रादेशिक संरचनालाई मजबुत गर्न प्रदेशको आफ्नो कर्मचारी हुनुपर्ने सोंचका साथ रोजगारी श्रृजना गर्न सफल हुनु भएको छ ।

१३. जसपा नेपालको लक्ष्य अनुसार सङ्घीयता, सुशासन, समृद्धि, समाजवाद, अनुसार सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग स्थापना गर्न सफल हुनु भएको छ ।
१४.पहिचानको आधारलाई समाप्त पार्न अनेकौं षड्यन्त्रको बाबजुद पनि देशकै दोस्रो ठुलो ब्यक्तिको वा पदको रुपमा फेरी पनि उपराष्ट्रपति पदमा मधेशी समुदायको एक गरिब, स्वच्छ छवि तथा शालिन व्यक्तित्वलाई पदमा निर्वाचित गराई फेरी पनि अन्तराष्ट्रिय जगतमा पहिचान स्थापित गराउन सफल हुनु भएको छ ।

१५. भाषा र संस्कृतिलाई आधार बनाउँदै पहिचानको मुद्दालाई संस्थागत गर्न मधेशी प्रज्ञा प्रतिष्ठान स्थापना गर्न सफल हुनु भएको ।
१६. दलित र मुस्लिम समुदायका छोरीहरुलाई शिक्षा हासिल गर्न विशेष योजना अन्तरगत दलित सशक्तिकरण ऐन निर्माण गर्न सफल भएको छ ।

१७. कृषि, सडक, सिचाई सुविधा उपलब्ध गराई कृषकले लिएको ऋण कोरोना महामारीको बेला ५० करोड बराबरको ऋण किसानलाई राहत स्वरूप उपलब्ध गराउन सफल भएको छ ।
१८. देशकै गौरवको योजनाको रूपमा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरि छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत ८ हजार छोरीलाई ३ लाख बराबरको बीमा गराउन सफल भएको छ ।
१९. देशमा विद्यमान राजनीति दलहरुमा पनि मधेशी, महिला, दलित, मुस्लिम जनजाति आदिवासी, अल्पसङ्ख्यक समुदायलाई अनिवार्य सहभागि गराउन बाध्यकारी बनाउन सफल भएको छ । २०. ऐतिहासिक मधेश आन्दोलन पश्चात देशमा रहेका ३१ लाख नेपाली जनतालाई नागरिकता दिलाउन सफल भएको छ ।

यस्ता अनेकौं महत्वपूर्ण कार्यहरू श्रद्धेय अध्यक्ष उपेन्द्र यादवज्यूले राज्यलाई गर्न बाध्यकारी बनाउनु भएको हो । यसलाई उदाहरणको रुपमा सफल भएको मान्न सकिन्छ । वर्तमान परिवेशमा श्रद्धेय अध्यक्ष उपेन्द्र यादवज्यूलाई गर्नुपर्ने बाँकी कार्यहरूः

१. सङ्घीय संसदमा सङ्घीयता बिरोधी तत्वहरूको बाक्लो उपस्थितिका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई रक्षा गर्न ।
२. प्रादेशिक संरचनालाई पहिचानको आधारमा १०+१ प्रदेशहरु निर्माण गर्न । उदाहरणका लागि, प्रदेश न. १ मा पहिचानका लागि जारी आन्दोलन ।
३. जातिय जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउन ।
४. देशका हरेक नागरिकलाई राजनीतिमा सहभागि गराउने अधिकारका निम्ति पूर्ण समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कार्यकारी राष्ट्रपति स्थापित गराउन ।
५. संविधानमा भएका त्रुटीहरूलाई सच्चाएर बाँकी उपलब्धि हासिल गर्न संविधान संशोधन गर्न ।
६. देशका हरेक नागरिकलाई शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गराई नागरिकको मौलिक हकलाई सम्वद्र्धन गर्न ।
७. उद्योग, कलकारखाना तथा कृषिजन्य उद्योगलाई प्राथामिकता दिई रोजगार श्रृजना गर्न ।
८. वर्तमान अवस्थामा देखिएको देशको अर्थतन्त्र खस्किएको अवस्थालाई सुदृढ गर्न नोटबन्दी गरेर भए पनि ३ करोड नेपालीको जिविकोपार्जन व्यवस्थापन गर्न ।
९. विदेशिएका ४० लाख युवायुवतीलाई आफ्नै देशमा फर्काउन ।
१०. व्यक्तिगत सम्पतिलाई राष्ट्रियकरण गरि समानतामा आधारित समतामूलक समाज निर्माण गरि समाजवाद स्थापित गर्न ।
११.आत्मनिर्णयको अधिकार सहित स्वायत्त प्रदेश स्थापना गर्न ।
माथि उल्लेखित मुद्दा तथा मागहरू सम्बोधन गराउनका लागि जसपा अध्यक्ष उपेन्द्र यादव अनवरत संघर्षरत रहनुभएको छ ।

डा. सिके राउतज्यूले मधेशी जनता समक्ष के–के वाचा गर्नु भएको थियो ? एकपटक मनन् गरौं ।
१. नेपालबाट अलग गरि मधेश देश बनाउने ।
२. मधेशी सेना परिचालन गर्ने ।
३. देशका लागि आफ्नै मुद्रा, परराष्ट्र नीति र भाषा निमार्ण गर्ने ।
४. १० लाख मधेशीलाई तुरुन्त रोजगार दिने ।
५. नेपाली भाषा र नेपाल आमालाई पटक्कै स्वीकार नगर्ने ।
६. नेपाली शासकसंग लड्ने र नेपाली राज्य समक्ष आत्मसमर्पण नगर्ने ।
७. सन्यासी जीवन विताई मधेशी आमालाई रक्षा गर्ने ।
श्रोतः उनकै किताब ‘मधेशका इतिहास’बाट प्राप्त भएको ।

माथि उल्लेखित ७ वटा माँगहरूका सम्बन्धमा सिके राउतज्यूले २०७० सालदेखि अहिलेसम्म मधेशी जनतालाई के के दिनुभयो ? सीके राउतज्यूले मधेशी जनतालाई दिएका उपलब्धिहरु पारिदिन आग्रह गर्दछु । तपाईंले केही दिन सक्नु भएन यथार्थ यही नै हो । होइन र ? कि केही अरु छ ? केही छैन । छ भने भन्नुस; जनता जान्न चाहन्छ । हो, केवल छ भने मधेशी जनतालाई गाली दिने, मधेशीलाई अश्लिल ब्यवहार गर्ने, जातजाति बीच घृणा फैलाउने, सामाजिक सञ्जाल प्रयोग गरि समाजिक सदभावमाथि प्रहार गर्ने, नेपाली शासक समक्ष आत्मसमर्पण गर्ने र त्यो भन्दा पनि फरक चरित्र भनेको दिनै पिच्छे त घण्टा पिच्छे त मिनेट पिच्छे आफ्नो अडानमा नरहने र त्यो पनि भएन भने मधेश आन्दोलनका नायक उपेन्द्र यादव जसको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको जगमा रजाई गर्ने र उल्टै उनकै बिरुद्धमा षड्यन्त्र गर्ने बाहेक अरु के गरिराख्नु भएको छ सीके राउत जी ? अरु केही छैन । फरक यति नै हो ।

यथार्थ बुझौं ! सबै मिलौं !! बाँकी उपलब्धका लागि संघर्षमा जुटौं !!! जसले यत्रो गरेको छ उसको सम्मानमा एक भोट अवश्य हालौं । पहिचानवादी शक्तिहरु एक होऔं ! प्राप्त उपलब्धिलाई रक्षा गर्न, मधेश र मधेशीको पहिचान स्थापित गर्न तथा बाराको समग्र विकासका लागि दलीय गठबन्धनका उमेदवार उपेन्द्र यादव बाहेक अर्को विकल्प छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस