छठ अर्थात् सद्भावको पर्व

केलवा के पात पर उगेलन सुरुज मल झाके झुके
हे करेलु छठ बरतिया से झाके झुके 

मिथिलाञ्चलमा यतिखेर यी गीत गुञ्जायमान भएfsu jersey aiyuk jersey drew allar jersey penn state jersey brock purdy jersey drew allar jersey tom brady michigan jersey tom brady michigan jersey tom brady michigan jersey college football jerseys deuce vaughn jersey brandon aiyuk jersey tom brady michigan jersey oregon football jerseys deuce vaughn jersey का छन् । घरघरमा छठको तयारी सुरु हुँदा सबैको मुखमा छठ पर्वको गीत झुन्डिएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्वको रौनकता यतिवेला मधेसमा बढेको छ । एक दशकअघिसम्म मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले संघीय राजधानी काठमाडौं, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।

कात्तिक शुक्लपक्षको षष्टी तिथिमा मनाइने छठको विधिविधान चार दिनको हुन्छ । पर्वको प्रारम्भ व्रतालुले ‘नहाय–खाय’ विधि गरेपछि सुरु हुन्छ । त्यस्तै, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस telecomando came g117 498f fw långa jeanskjolar sac petite mendigote ecco herrenschuhe braun casquette femme von dutch minifalda vaquera el corte ingles adidas nmd girls bolsos vuitton westerm kalap chia seeds benefits for women accessoire cheveux annees 30 chez amazon eiszapfen lichterkette 3m casio model calculator balenciaga sinners hoodie xbox 360 freezing पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।

पहिला यसलाई हिन्दूहरूको महान् पर्व भनिन्थ्यो, तर अहिले यो समाजवादी र गणतान्त्रिक पर्व भएको छ, अर्थात् सबै समुदायले यो पर्व मनाउँछन् । छठ पर्व कृषि संस्कृतिमा आधारित छ । यो मूलतः मिथिलाको कृषि संस्कृतिको प्रतीक पनि हो । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा–अर्चनाका लागि उभिन्छन्, जसलाई सामाजिक सद्भावको विशिष्ट नमुना पनि मानिन्छ ।

कात्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दसैँ र तिहारलगत्तै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको सुरुवात मानिने यस दिनलाई व्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहानै उठेर हातखुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइधुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ, यस दिनमा व्रतालुहरूले प्रण गर्दछन् ‘म अब जथाभावी खान्नँ र तनमनले प्रभुको शरणमा बस्नेछु ।’

विधिवत् रूपमा सुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खिर, लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यास हो ।

छठको तेस्रो दिन अर्थात् छठ पर्व । यस दिनमा व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँछन् । प्रातकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजनकीर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुलीझैँ सिँगारिएको हुन्छ ।

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजा गर्दछन् । बिहान सूर्यको न्यानो किरणसँगै व्रतालुहरू अञ्जुलीमा पानी भरी जल चढाउँछन् । २४सै घन्टा निराहार बसेर उपासना गर्ने व्यक्तिले पहिलो दिनदेखि नै नियम पालना गर्नुपर्छ । छठमा पवित्रता र चोखोनितोलाई अति महत्व दिइन्छ ।

चतुर्थीकै दिन व्रतालुले संकल्पसहित उपलब्ध भएसम्म नदी, पोखरी, तलाउजस्ता जलाशयमा अन्यथा इनार वा अन्य पानीपधेँरोमा स्नान गरी शुद्ध हुनुपर्छ । व्रत बस्ने संकल्प लिएकाले त्यस दिन उसिना चामल, माछामासु, लसुन, प्याज र कोदोजस्ता खाद्य पदार्थ खानु हुँदैन । कसैको जुठो खानु हुँदैन । शुद्ध, चोखो र सात्विक र निरामिष भोजन खानुपर्छ ।

सूर्यलाई आदिदेवता पनि भनिन्छ । सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता छ । अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरु मानेका थिए ।

अग्नि पुराणका अनुसार १४ वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको वेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस