आयोगको निर्देशन–पासवानलाई छलफलमा नराख्नु [फलोअप]

राजविराज–असुली धन्दामा लागेका मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानलाई छलफलमा नराख्न अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निर्देशन दिएको छ ।

आयोगले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्दै पासवानलाई छलफलको रोहबरमा राख्ने रखाउने काम नगर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निर्देशन दिएको हो ।

‘अनुचित लेनदेन सम्बन्धी कार्यदलमा पीडित संघर्ष समितिको तर्फबाट प्रतिनिधिको रुपमा खटिएका छेदीलाल पासवान विरुद्ध पीडित चितेन चौधरी र सदिना खातुनले ०८० भदौ २५ मा अलग अलग दिएको निवेदन प्राप्त भइ व्यहोरा अवतग भयो । तत् सम्बन्धमा निज उपर पहिले पनि उजुर परेको पत्रपत्रिकामा निजको काम कारबाही सम्बन्धमा समाचार प्रकाशन भएको देखिन आएको छ । निज उपरको निवेदन सम्बन्धमा आवश्यक छानविन गर्नुहुनेछ ।’ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘पीडितसँग पैसा खाएको उजुर परेका यस्ता विवादीतहरुलाई कुनै पक्षको पनि प्रतिनिधिको रुपमा छलफलको रोहबरमा राख्ने रखाउने काम नगर्नु नगराउनु हुन अनुरोध छ ।’

सिडिओ किरण थापाले उजुरी आएसँगै पासवानलाई छलफलमा बस्न रोक लगाएको बताए । ‘त्यतिबेला नै रोक लगाएका थियौं, त्यसपछि उहाँ छलफलमा आउनुभएको पनि छैन्’ उनले भने, ‘आवश्यक छानविन हुँदैछ ।’

यो पनिः 

मिटरब्याजी पीडित संघर्ष समिति नै असुली धन्दामा लागेको खुलासा

गृहमन्त्रीसँग गुहार–मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीलाई कारबाही गरियोस्

मिटरब्याजी पीडितका नेताको ठगी–नोटदेखि सर्ट, पाइन्ट र बन्डीसम्म (भिडिओ)

मिटरब्याजी विरुद्ध संघर्ष समितिका सचिव पासवानको असुली धन्दा विरुद्ध उजुरी

छेदीलालको ट्रयाप : जालझेलमा पारेर लियो ३२ लाख, फिर्ता गर्न बहानाबाजी

Author:



क्याटोगरी छान्‍नुहोस