दुई सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ नै तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोे छ ।

यस्तै आज चाँदीको भाउँमा भने तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस