अदालतको आदेशविरुद्ध जनकपुरमा पनि प्रदर्शन, एमालेनिकट युवा विद्यार्थी सडकमा

जनकपुरधाम । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

सोमबार फैसला आएलगत्तै युवा संघका नेता–कार्यकर्ताले त्यसको विरोधमा टायर बालेर प्रदर्शन गरेका हुन् । फैसला आउनुअघि भने युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरेका थिए ।

संवैधानिक इजलासले संसद् पुनःस्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको परमादेशविरुद्ध अहिले प्रदेश नम्बर–२ का ठाउँठाउँमा प्रदर्शन भइरहेको छ ।

उनीहरुले प्रधानमन्त्री ओलीको पक्षमा र सर्वोच्च अदालतको विरुद्धमा नारा लगाइरहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस