आइतबारदेखि कंचनरुप नगरपालिकाका विद्यालय सञ्चालन हुने

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि कंचनरुपका विद्यालय आइतबारदेखि खुल्ने भएको छ।

सप्तरीको प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो। सोहीअनुरुप कंचनरुप नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाद्वारा जारी सुचनामा स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरि विद्यालय संचालन गर्न नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिधालयहरुलाई आग्रह गरिएको छ । स्मार्ट लकडाउन सम्बन्धि कार्यबिधि २०७८मा ब्यबस्था भएबमोजिम स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरि कोभिड १९ जोखिम नियन्त्रणका सावधानी अपनाउन सूचनामा भनिएको छ ।

शैक्षिक क्षति न्यूनीकरण गर्नका लागि विद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई अनिबार्य रुपमा मास्क सेनिटाईजर प्रयोग गर्न लगाई मिति २०७८÷०५÷२० गते आइतबारदेखि कक्षा ६ देखि १२ सम्म संचालन गर्न गराउन भनी नगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस