एक हजार १५८ संक्रमित थपिए, १२ जनाको मृत्यु

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र दुई हजार तीन सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

जसमा १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ । नेपालमा हाल १८ हजार ४२२ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस