खडकको मेयरमा माओवादी र उपमेयरमा जसपा विजयी

राजविराज, ५ जेठ । सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा माओवादी केन्द्रका जयप्रकाश चौधरी थारु र उपमेयरमा जसपाकी रिताकुमारी चौधरी निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित जयप्रकाशले ५ हजार ८८२ मत पाएका छन् । मेयर पदका निकटतम प्रतिद्वन्द्वी जसपाका हेमायु हकले ५ हजार ६७ प्राप्त गरे । प्रतिद्वन्दी हक निवर्तमान मेयर पनि हुन् ।

त्यस्तै, उपमेयरमा निर्वाचित रिताकुमारीले ६ हजार २३१ मत प्राप्त गरेकी छिन् । उपमेयर पदकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी यसमिन सुलतान खातुनले ३ हजार २१० मत प्राप्त गरिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस