रहेनन् कांग्रेस नेता प्रदीप गिरि, आइतबार अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

नेता गिरिको शनिबार राति साढे ९ बजे मृत्यु भएको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी गराएको छ ।

प्रतिनिधिसभाका सांसद गिरि घाँटीको क्यान्सरबाट पीडित थिए । आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ ।

त्यसअघि, उनको पार्थिव शरीर अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस