राजविराज–सप्तरीमा पैसा डब्बल गर्ने नाममा ठगी धन्दा चलाउने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर रजक उर्फ हनुमानी पक्राउ परेका छन् ।
ती गिरोहबारे ‘मधेशलाइभ’मा समाचार सार्वजनिक भएसँगै पीडितहरु प्रहरीको सम्पर्कमा पुगेका थिए । पीडितले दिएको जाहेरीको आधारमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा बस्ने हनुमानीलाई आज (आइतबार) पक्राउ गरिएको प्रहरी श्रोतले बताए ।
हनुमानीलाई पक्राउ गरिएको विषयमा पुष्टि गर्दै एसपी ढकेन्द्र खतिवडाले भने, ‘आजै हनुमानीलाई नियन्त्रणमा लिएका छौं र भोलि (सोमबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछौं ।’
उनका अनुसार अन्यको खोजि भइरहेको छ ।
पीडितहरुकाअनुसार पैसा डब्बल पार्नेदेखि विभिन्न मुद्दामा पक्राउ परेकालाई हिरासत र कारागारबाट छुटाउने नाममा हनुमानीका गिरोहले ठगी गर्दै आएका थिए । तर, ती गिरोहले फैलाएको त्रास र डरका कारण पीडितहरुले कत्तै गुनासो वा प्रहरीमा उजुरी गर्ने आँट गरिरहेका थिएन ।
यो पनिः
पैसा डब्बल गर्ने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर उर्फ हनुमानी (फलोअप)