हिजोको कुरा हो, जनकपुर उपमहानगरपालिका वडा नं. ७ की एक पीडित महिला मसँग भेट गर्न आइन। उनी निकै थाकेको, निराश देखिन्थिन्। उनका कथा सुनेपछि म पनि स्तब्ध भएँ। उनका श्रीमान् रामदेव सहनी आन्ध्र प्रदेश, भारतमा जबरजस्ती मजदूरीमा थुनिएका रहेछन्। कार्यरत ठाउँका मालिक ‘रेड्डी’ ले न त तलब दिएको, न त फर्कन दिएको।
“धेरै ठाउँ धाएँ, सबै ढोका खट्काएँ,” उनले भनिन्, “तर कतैबाट कुनै सहयोग पाइनँ। अन्तिममा एकजना असईले तपाईंको नम्बर दिए।” त्यहि बेला मैले रेड्डीलाई फोन गरेँ। आफ्ना अनुभव र शैली अनुसार सम्झाएँ। उनले भने, “ठीक है सर, कल पठा दुंगा।”
तर महिलाको अनुहारमा अझै शंका झल्किरहेको थियो। “रेड्डीले त पहिल्यै पनि यस्तै बहाना गरेको हो,” उनले भनिन्, “यो पनि उही नाटक त होइन?” मैले उनलाई विश्वास दिलाएँ “अबको फोन फरक हुनेछ।”
आज बिहानै रेड्डीको फोन आयो र भन्यो “सर, रामदेवको नेपाल जाने के लिए गाडी में बैठा दिया हुँ।” त्यसपछि केही समयमै ती महिलाको फोन आयो। अवाजमा अब उत्साह थियो “सर, उहाँ आफैले फोन गर्नुभयो, गाडीमा चढिसक्नुभयो रे!”
अन्त्यमा उनी भावुक हुँदै भनिन् “धन्यवाद सर… अपने के फोन में बहुत पावर हब!”
म मनमनै मुस्कुराएँ, गदगद हुँदै सोच्दै थिएँ “पावर मेरो बोलीमा थियो कि आईफोनमा !” Source: facebook, Picc. AI