लघुवित्तियको ज्यादती विरुद्ध आन्दोलन : संस्था खारेजदेखि ऋण मिनाहा हुनुपर्ने माग

राजविराज – सप्तरीमा लघुवित्तिय संस्थाको ज्यादती विरुद्ध आन्दोलन सुरु भएको छ । लघुवित्तिय संस्था विरुद्ध संघर्ष समिति सप्तरीले मंगलबार राजविराजमा प्रदर्शन गर्दै आन्दोलन थालेको हो ।

सयौंको संख्यामा रहेका सहभागीहरुले राजविराज बजारभरि प्रदर्शन गरेका हुन् । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज हुनुपर्ने, लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा हुनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था हुनुपर्ने तथा समाजवादी अर्थतन्त्रको विकास हुनुपर्ने प्रदर्शनका सहभागीहरुले माग उठाएका छन् । मागतर्फ सम्बन्धित पक्षले गम्भीरता नदेखाए थप सशक्त रुपमा आन्दोलन चर्काउने उनीहरुले चेतावनी समेत दिए ।

यो पनिः

‘महुली लघुवित्तको अत्याचार सहन नसकेर आत्महत्या’

गरिबीको पीडा : सहकारीको किस्ता तिर्न नसक्दा आत्महत्या

Author:



क्याटोगरी छान्‍नुहोस