प्रतिकूलता बीच नेपाली महिलाको जीवन

मौसमी कुमारी कुशवाहा
पुुरातन युुगदेखि नारीलाई देवी मानिदै आइएको छ । यो सृष्टिको सुुरुवात नै नारीबाट भएको कुुरा नकार्न सकिदैन । नारी एक माया जाल हो, एकातर्फ नारी अर्को तर्फ सम्पुर्ण सृष्टिको मायाजाल भन्यो भने जहिले नारीतिर नै औँला तेर्सिन्छ । हाम्रो हिन्दु धर्मशास्त्रअनुुुसार पनि नारी बारेमा अनेकौँ व्याख्या गरिएको छ । जस्तै “त्रिया चरित्रं,पुरुषस्य भाग्यम, देवौ ना जानाति कुतो मनुष्यः” भनाईको तात्र्पय एउटा नारीको चाल र चरित्रको बारेमा अहिलेसम्म भगवान पनि भेउ पाउन सकेका छैन् । सामान्य पुुरुषले के अडकल काट्न सक्छ त ! नारीलाई लक्ष्मण रेखा भनिन्छ । किनकी त्रेता युुगमा कोरेको रेखालाई माता सीताबाहेक कोहि थिएन जो त्यो रेखा पार गर्न सकोस् । अर्थात नारीले चाहयो भने जस्तो परिर्वतन पनि गराउन सक्छिन् । घरदेखि लिएर राष्ट्र लगायत विश्वसम्म !

हाम्रो देशमा आजसम्म महिलाहरुले प्रतिकूलताबीच जीवन बाँचेको छ । कहिलेकाहीँ प्रतिकूलताबीच उन्नति भएको उदाहरण हेर्न मिल्छ । यस्तै एउटा उदाहरण हो, इग्ल्याण्डको सुप्रसिद्ध नाटककार विलियम सेक्सपियर । सानै उमेरमा आर्थिक समस्या कमजोर भएका कारण काम र मामको खोजीमा इग्ल्याण्ड जानुु भयो र रङ््शालामा काम गर्दागर्दै नाटक लेख्न थाले पछि विश्वकै महान दुखान्त नाटककारको रुपमा चिनिुुभयो । यस्ता कति उदाहरण छन् जो प्रतिकूलताबाट अनुकुलतामा परिणत भएको छ । त्यसकारण अब समय आइसके छ देशको लागि केहि गर्ने ।

वर्तमान समय २१ औँ शताब्दीमा हेर्ने हो भने हरेक घरमा महिलाको वर्चस्व बढी रहेको छ । बाहिर समाज पुुरुष प्रधान लागे पनि भित्रबाट खोक्रो नारीको फरिया चियाउने हाम्रो समाज हो । आफ्नो घरमा स्याउति मार्दै हिड्ने बिरालो बाहिर सिंहको खोल ओढेर सिंहको नाटक गर्ने युग पुरुषहरु कहलाएका छन् । हाम्रो देशको जसको हालत हो त्यको अधिकांश जिम्मेवार महिलाहरु रहेका छन् । महिलाहरु जुन अधिकार र वर्चस्व बुुढामाथि आफ्नो घरभित्र राखेको छ त्यो सिमित नराखी त्यसलाई घर बाहिरको व्यवहारमा पनि उतारुन् भन्ने कुरामा कहिल्यै ध्यान पुु¥याएन । हामी नेपाली महिला कस्ता छौँ भने, अरुको श्रीमान, छोरा गल्ती गरे हाई हाई छिः छिः र आफ्नो श्रीमान, छोरा ग¥यो भने वाह ! वाह ! र कुुरा लुुकाउने प्रवृति छ । यस्ता एक अर्काको व्यवहारले देशमा रुढीवादी बलात्कार, दुुव्र्यवहार, भ्रष्टचार जस्ता अनेकौँ विकृति फैलिएको छ ।

एउटा अर्को घटना हो जसबाट म पटक पटक ग्रसित भएकी छु । म स्नातकोत्तर अध्ययनको क्रममा हेटौँडा कलेजमा कयौं पटक नेपाली हुनुको प्रमाण दिनुपरेको छ । तिमी त भारतीय ! कसरी नागरिकता लियौँ ? यहाँसम्म कसरी आयौँ ? यी प्रश्नको शिकार म लगायत जस्ता हजारौँ मधेशी भोग्दै आएको छौ ।

पुुस्तौँदेखि भारतीय भनेर हेपिएको, भारतीयसँग अनुहार मिल्ने भए हामी भारतीय हो भने तिमीहरुको हौँ ? मधेशीलाई बिहारी भन्नेहरु त्यसो भए त तिमीहरु त सिधैँ चाइनिज भयौँ । किनकी तिमीहरुको अनुुहार चेप्टो, चम्सिो आँखा भएकाहरु नेपाली कसरी भयौँ ? यो कस्तो दोहोरो कुरा ? यस्ता नीच सोच र देशद्रोही कुराबाट माथि उठौँ र देशको विकास उन्नतिको कुरा गरौँ ।

नेपाली महिलाहरुलाई मात्र पैसा चाहियो, रु १ लाख बीस हजारको आईफोन, २५ हजारको सारी, १ लाखको सुुनपोतो लाएर पनि सोचेझैं जिन्दगी रैनछ, गीत घन्काउँदै हिंडेको हुन्छ ! त्यति खर्च बुुढाले दिएको छ, एता बुुढि घरमा मख्ख परेर छरछिमेकमा चहलपहल जमाउँछ । तर त्यति पैसा श्रीमान कहाँबाट ल्यायो ? कसरी जोड्यो ? कुनैै सोध खोज छैन, आफ्नो खुुनपसिना सुुकाएर ल्यायो की अरुको खुुन बहाएर ल्यायो, की जल्दो चिम्नीमा गरिबलाई पोलेर ल्यायो, की कोही गरिब नेपाली चेलीलाई वेश्यालयमा बेचेर, की नेपाल आमालाई नैै नङ्ग्याएर, की १७ हजार निर्दोष नेपाली मारेर ल्याएको यो कुुराको कुुनै न मतलब छ न लेखाजोखा ।

हामी नेपाली, हामी नेपाली, हाम्रो देश नेपाल, हाम्रो मातृभूमि नेपाल, प्यारो नेपाल, सुुन्दर नेपाल, देखाउने र झुुठो नारा लगाएको हुुन्छ । तर आफ्नै बुुढाले नेपाललाई बेचेको छ, नङ्ग्याएको छ, अरु विदेशी दलालको हातमा केही कागजका नोटसँग साटेको छ । कहिले एमसिसिको नाममा, कर्णाली, कोसी, कहिले सन्धीको नाममा कहिले भारतसँग त कहिले चीनसँग बेचेकोे छ । यस्ता घटना बेला कहाँ हुुन्छ राष्ट्रप्रेम, कहाँ हुुन्छ, नेपालीपनको भावना कहाँ हुन्छ ? नेपाली स्वर ? नेपाल बेचेर अधिकाश सत्ताधारीहरुले बुुढी र छोरीलाई रवाफ देखाएको छ ।

नेपाल आमालाई नङ्ग्याएर आपूूm रेसमी, सिल्की फरिया लगाएर देशभक्तिको नाटक गर्ने ती स्वर्गकी परीहरुसँग, ती नेपाली भन्ने मुुखौटाधारी नारीहरुसँग मेरो प्रश्न छ, जब तिमीहरुको श्रीमान नेपाललाई विदेशी दलालसँग साटेर महलमा गलैचामा बसाउँछ । के त्यो बेला एक पटक पनि सोच्छौँ तिमीहरु ? ३० हजार, ४० हजारको जागिर भएको कर्मचारीहरु कसरी वर्षे पिच्छे सहरमा घर, गाडि, नोकरचाकर जोडन पुुग्छ । ढिढो र सिस्नु खाने फाइब स्टार होटेलको सुखसुविधा र अमेरिका पेरिसको डिनर हुुन्छ ? कसरी आईहाल्छ यति परिर्वतन ? लाज हुुनुु पर्छ एक मुुखले नेपाली भनेको हुुन्छ र अर्को हातले नेपाललाई लुुच्छेको हुुन्छ । यता जनतालाई मार्ने, हक नदिने तर आफु चाँहि सत्ताधारी भएर खुब लुुट मचाउने, राष्ट्रभक्तको नाममा आफ्नो खल्ती भर्ने ! यहि हो नेपालीपन र देशभक्ति ? आफू एक महिला भएर अर्को मातातुल्य राष्ट्रमातालाई लुुटने विदेशीको हातमा बेच्ने, विदेशी डलरसँग साटने ! ठिकै भन्छ एउटा महिलाको दुश्मन अर्को महिला नै हुुन्छ ।

यहाँ नेपाली महिला र नेपाल राष्ट्रलाई हेर्दा पुुर्खाले भनेका कुुरा सत्य भएका छ । आफ्ना सुुख र भोग विलासमा आफ्ना राष्ट्रमातालाई नै नेपाली महिलाले नै सखाप पार्ने भएको छ । एउटा महिलाको इज्जत उतारेर अर्की महिला प्रतिष्ठत र सम्मानित भएकी छ । वाह ! रे हाम्रो नेपाल र नेपाली महिला । त्यो हरेक महिलासँग मेरो प्रश्न छ, एक चोटि आफूभित्र र आफूलाई तलदेखि माथिसम्म निहार, कति निर्दोष जनताको खुुनबाट लतपतिएको छ तिम्रो जिउ । नेपालको रगतले पोतिएको छ । तिम्रो जिउ कति पाप बोकेपछि पवित्र बनी पशुपतिनाथको सामु भक्त बनि शिर झुुकाउछौँ । दुर्भाग्य छ महिला भएकोमा र नेपाली भएकोमा ।

एउटा प्रश्नको उतर जान्ने मेरो ठूलो जिज्ञासा छ नेपाली महिलाहरुसँग, छिमेकी राष्ट्र भारत मित्रराष्ट्र हुुदाँहुुदै पनि दुुश्मन भन्ने गरेका हुन्छ । जुन देशबाट बेटी, संस्कृति, लगायत हजारौँ नेपालीको रोजगारीदेखि भान्सा चलेको छ, त्यो राष्ट्रसँग दुश्मनी, घृणा, गाली, यहाँसम्म की भारत सिमाना क्षेत्रका जनतासँग पनि घृणा र गाली, आतङ्कवादीसम्म भन्ने, झन मधेशीलाई त हेर्न नसक्ने ।

मधेशीलाई भारतीय, बिहारी, भैया, गवार मान्ने तर त्यही भारतसँग भित्र–भित्र वा देखाएरै अनुदानको नाममा, सहयोगका नाममा, भूकम्पको नाममा, बाढीको नाममा अनेकौ कारण देखाएर आफ्नो पेट र बैकमा पैसा खन्याएको हुुन्छ । यो कस्तो नाटक ! बाहिर मुुखमा गाली भित्र चाहीँ वाह ! वाह ! ताली । त्यही भारतको अनुुदान लिएर आफ्नो बैकदेखि भान्सासम्म तताएको तर बाहिर गाली गर्दै हिडने । यो कस्तो राष्ट्रियता र देशभतिm हो ? बुुढा भारतको चम्चागीरी गरी करोडौँ घरमा भित्रयाउने, बाहिर महिलाहरु घोक्रो राष्ट्रियताको बाजा बजाउने । अब यो नाटक बन्द गर । असल नेपाली नागरिक बनौँ । आफ्नो राष्ट्रलाई मुुख देखाउने बनौँ । काम यस्तो गरौँ कि आउने सन्तति गर्व गरोस् ।

                                                                                                                                       (मधेश दर्पण फिचर सेवा)

Author:



क्याटोगरी छान्‍नुहोस