प्रशासन कार्यालयका नासुमाथि भ्रष्टाचारको मुद्दा दर्ता

धनुषा, १८ असोज । भ्रष्टाचारको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेश कुमार चौधरीमाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो । नायब सुब्बा चौधरीले नागरिकताको प्रतिलिपि बनाउनको लागि बहाना बनाएर सेवाग्राहीसँग ८ हजार ५ सय रुपैयाँ घुस मागेका थिए । घुस मागेको सूचनका आधारमा खटिएका आयोगको बर्दिवासस्थित टोलीले गत भदौ २२ गते चौधरीलाई रंगेहात पक्राउ गरेको थियो ।

चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले ८ हजार ५ सय रुपैयाँ बिगो र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय माग गरी मुद्दा दायर गरिएको आयोगको प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस