डा.भट्टराईको निर्वाचन आयोगप्रति असन्तुष्टि–वादी–प्रतिवादी मिलेर बस्नु भन्ने?

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोगले लिएको निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आयोगले जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक–अर्कालाई गरेको कारवाहीलाई आइतबार मान्यता दिन नसकिने बताएको थियो । आयोगको भूमिकाप्रति भट्टराईले सोमबार बिहान प्रश्न उठाउँदै वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला गरेको भन्दै भट्टराईले असन्तुष्टि जनाएका हुन् ।

डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोमा जोडेर हेरेका छन् ।

उनले लेखेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्रः कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नु । चोरलाई पनि मैले चोरेको हैन भनेर उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनु । मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन् मिलेर बस्नु भन्ने फैसला गर्नु! वाह।’

Author:



क्याटोगरी छान्‍नुहोस